आजदेखि यी १७ कार्यालय मात्र खुल्ने

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  २ : २८


काठमाडौँ । आज (आइतबार) देखि देशैभर अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएका छन्। 

कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको हो।  

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि नीजि सेवा प्रदायक संघ संस्थबाट प्रदान गरिने सेवा बन्द हुने घोषणा गर्नुभएको थियो।  

बन्द नहुने अत्यावश्यक सेवाहरु  

१) डाँक, तार वा टेलिफोन सेवा 

२) जल स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा 

३) हवाईअड्डा वा हवाईजहाजको देखभाल र सञ्चालनसम्बन्धी कार्य 

४) हवाई ग्राउन्ड, रेल्वे स्टेसन तथा सरकारी गोदामका मालसामानसँग सम्बन्धित सेवा 

५) प्रिन्ट वा सरकारी छापखानासम्बन्धी सेवा 

६) हातहतियार तथा सैनिक सामान वा रक्षा व्यवस्थापनसम्बन्धी सेवा 

७) सञ्चार सेवा 

८) आन्तरिक सुरक्षासँग सम्बन्धित सेवा 

९) खानेपानी सञ्चालन तथा वितरण सेवा 

१०) पर्यटन, आवास, मोटेल, होटेल, रेस्टरेन्ट र रिसोर्टसम्बन्धी सेवा 

११) पेट्रोलिय पदार्थ, एलपी ग्याँससमेतको भण्डारण तथा वितरणसम्बन्धी व्यवस्था 

१२) अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा 

१३) फोहोरमैलाको संकलन, ढुवानी प्रशोधनलगायतका सेवा 

१४) बैंकिङ सेवा 

१५) बिमा सेवा 

१६) विद्युत् सेवा 

१७) दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा)


प्रतिक्रिया दिनुहोस्