काठमाडौं । ललितपुरको ग्वार्कोस्थित आफ्नो घरमा भाडामा बस्नेहरुका लागि सुषमा राईलेले १ महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गर्नुभएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व आइसीसी सदस्यसमेत रहनुभएकी राईले आर्थिक मन्दीलाइ ध्यान दिई एक महिनाको भाडा नलिने निर्णय गरेको बताउनु भयो । ‘एक महिनाको भाडा नलिने जानकारी घाडामा बस्ने सबैलाई गराएकी छु । सबै मिलेर कोरोनाबिरुद्ध लडनका लागि मैले यस्तो निर्णय लिएकी हुँ’, राईले भन्नुभयो ।
‘त्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु कतव्य हो । घरमा भाडामा बसिरहनुभएकाहरूलाई एक महिनाको घरभाडा नलिने निर्णय पनि गरियो’, राईले लेख्नुभएको छ । उहाँले अगाडि थप्नुभएको छ, ‘संकटको बेला सबै संयमित बनौं, परिस्थिति जस्तोसुकै होस मनस्थिति बलियो बनाऔं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गर्नुभएको थियो ।