बच्चा जन्माउनासाथ कोरोनाबाट आमाको मृत्यु, शिशु संक्रमित

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ७ : ४९


पोल्यान्ड । पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी ती महिला सहित पोल्यान्डमा मृत्यु हुनेको संख्या छ पुगेको छ । 

विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ । 

ती महिलालाई आफ्नै आमाबाट कोरोनाभाइरस संक्रमण भएको मानिएको छ । उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट छोरीमा कोरोना संक्रमण भएको मानिएको छ । 

पोल्यान्डका संचार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्