कोरोनाबाट मृत्यु भएको अडियो भाइरल भएपछि नर्भिकले जारी गर्यो विज्ञप्ति

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ७ : ०७


काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा अडियो भाइरल भइरहेको छ।

उक्त अडियोमा भनिएको छ 'नर्भिक हस्पिटल पुल्चोकमा ९ जनालाई चेक गर्दा ६ जनालाई भेटिएको र १ जनाको मृत्यु भएको छ। तर, सरकारले यो लुकाउन खोजिएको छ। मिडियामा आउँदैन। नेपालमा महामारी फैलिइसक्यो।'

यस्तै त्रिवि शिक्षण अस्पतालमा कोरोनाबाट चारजनाको मृत्यु भएको अडियोमा सुन्न सकिन्छ छ।

उक्त अडियो भाइरल भएपछि नर्भिक अस्पतालले विज्ञप्ति गरेको छ।

अडियो भाइरल भएपछि अस्पतालका अध्यक्ष बसन्त चौधरीले ट्विट मार्फत नियतबस भ्रम फैलाउन खोजिएको बताएका छन्।

प्रहरीले कोरोनाका बिरामी भेटिएको भन्दै भ्रामक अडियो बनाउने युवकलाई खोज्न सुरु गरेको छ।


प्रतिक्रिया दिनुहोस्