काठमाडौँ । कोरोना भाइरस सार्क आपतकालिन कोषमा नेपालले १० करोड रुपैयाँ सहयोग गर्ने निर्णयको भारतले प्रशंसा गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने नेपालको निर्णयको स्वागत गर्नुभएको हो। उहाँले सामाजिक सञ्जाल ट्वीटमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कृतज्ञता व्यक्त गर्दै सहयोग गर्ने निर्णयको स्वागत गर्नुभएको छ।
उहाँले ट्वीटमा लेख्नुभएको छ, ओलीजीको यो प्रतिबद्धताले कोरोनाको महामारीविरुद्ध सामूहिक लडाइँ लड्ने सार्क देशहरुको समर्थनलाई दर्शाउँछ।’
Deeply appreciate PM @kpsharmaoli’s announcement of contribution of NPR 10 crores to the COVID-19 Emergency Fund. It reflects Oli Ji’s commitment and support to the collective fight of SAARC countries against the pandemic.
— Narendra Modi (@narendramodi) March 20, 2020
प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सार्क आपतकालिन कोषमा नेपालले १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो।
यही चैत २ गते सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुबीच सामूहिक भिडियो वार्ता हुँदा भारतीय प्रधानमन्त्री मोदीले आपतकालीन कोष घोषणा गर्दै भारतले एक करोड अमेरिकी डलर जम्मा गर्ने घोषणा गर्नुभएको थियो।