सामाजिक सञ्जालमा भाइरल कोरोना भाइरससम्बन्धी अडियोको अनुसन्धान सुरु

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ६ : १९


काठमाडौँ । प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको कोरोना भाइरससम्बन्धी अडियो क्लिपको अनुसन्धान सुरु गरेको छ। 

नेपालमा कोरोनाभाइरस भित्रिसकेको र कतिको ज्यान गएको भन्ने अपवाह फैलाइएको भिडियो केही केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल छ। 

उक्त अडियो क्लिपले जनमासमा सन्त्रास फैलाएको भन्दै त्यसको विषयमा अनुसन्धान गर्न प्रहरीको साइबर व्युरोलाई निर्देशन दिइएको प्रहरीले जानकारी दिएको छ। 

सरकारले कोरोनाभाइरसको संक्रमणबारे भ्रामक सूचना जारी नगर्न र गरेमा कडा कारबाही गरिने चेतावनी दिँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस्