आजदेखि यी देशमा रहेका नेपाली स्वदेश फर्कन नपाउने (सूचीसहित)

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ४ : ४२


काठमाडौँ । सरकारले आजदेखि यूरोप, पश्चिम एसिया, खाडीसँगै, इरान, मलेसिया, दक्षिण कोरिया, जापानलगायतका देशबाट नेपाल फर्किन रोक लगाएको छ। 

अब प्रतिबन्धित देशका नागरिकसहित त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाल पनि नेपाल आउन पाउने छैनन् । साथै प्रतिबन्ध लगाइएका देशबाट ट्रान्जिट बनाएर पनि नेपाल आउन नपाइने भएको छ। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले यूरोपलगायतका सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्मका आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

गएराति १२ बजेदेखि युरोपका सबै देश, पश्चिम एसिया र खाडीका देशका साथै इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानका नागरिक तथा ती देशमा ट्रान्जिट बनाएर आउने अरु देशका यात्रुलाई पनि नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिबन्ध लागेका मुलुकको नाम सार्वजनिक गरेको छ। तर चीन, भारत, सिंगापुर, थाइल्याण्ड र भुटानबाट आउने यात्रुले भने कोरोना नभएको स्वास्थ्य परीक्षणको प्रमाणपत्र लिएर आउनुपर्ने र नेपाल आइसकेपछि १४ दिने क्वारेन्टाइनमा बस्नुपर्ने पनि प्रवाधान रहेको छ। 

आइतबार रातिदेखि भने नेपालमा सबै अन्तर्राष्ट्रिय उडान तथा अवतरण बन्द हुने भएका छन्। आन्तरिक उडान भने नियमित रहने विमानस्थल कार्यालयले जनाएको छ ।

हेर्नुहोस् कुन कुन देशमा छ प्रतिबन्ध ?

रसिया, जर्मनी, बेलायत, फ्रान्स, इटली, स्पेन, युक्रेन, पोल्याण्ड, रोमानिया, नेदरल्याण्ड, बेल्जियम, चेक रिपब्लिक, ग्रीस, पोर्चुगल, स्वीडेन, हंगेरी, बेलारुस, अष्ट्रिया, सर्विया, स्वीटजरल्याण्ड, बुल्गेरिया, डेनमार्क, फिनल्याण्ड, स्लोभाकिया, नर्वे, आयरल्याण्ड, क्रोएसिया, मोल्दोभा, बोस्निया हर्जगोभिना, अल्वानिया, लिथुवानिया, नर्थ म्याकडोनिया, स्लोभानिया, लात्भिया, इस्टोनिया, मोन्टेनेग्रो, लक्जेम्वर्ग, माल्टा, आइसल्याण्ड, अन्डोरा, मोनाको, लिचेन्स्टाइन, सानमारिनो, होली सी ।

पश्चिम एसिया र गल्फ

टर्की, इराक, साउदी अरेविया, यमन, सिरिया, अजरवैजान, यूएई, इजरायल, जोर्डन, लेवनान, प्यालेस्टाइन, ओमान, कुवेत, जर्जिया, अर्मेनिया, कतार, बहराइन, साइप्रस, साउदी अरेविया ।

अन्य 

इरान, मलेसिया, दक्षिण कोरिया, जापान


प्रतिक्रिया दिनुहोस्