इटलीमा कोरोनाबाट एकैदिन ६२७ जनाको मृत्यु

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ३ : ०४


इटली । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट इटलीमा एकै दिन ६२७ जनाको मृत्यु भएको छ। २४ घण्टामा ५ हजार ९ सय ८६ जना नयाँ संक्रमित फेला परेका छन्।

शनिबार बिहानसम्म इटलीमा मृत्यु हुनेको संख्या जम्मा ४ हजार ३२ पुगेको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन् ।

युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ। कोरोना भाइरसको महामारीबाट इटलीसँगै जर्मनी, इरान, अमेरिका, स्पेन, फ्रान्स, दक्षिण कोरिया, स्विट्जरल्याण्ड, नेदरल्याण्ड र टर्कीमा सबैभन्दा बढी मानिस प्रभावित भएका छन्।


प्रतिक्रिया दिनुहोस्