‘लक डाउन’मा बन्द हुने र नहुने सेवाहरु कुन कुन ? (सूचीसहित)

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  २ : ३१


काठमाडौँ । नोबेल कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोेगिन सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सरकारी, निजी कार्यालय बन्द गर्ने भएको छ। 

प्रधानमन्त्रीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्ने बताएसँगै अब विभिन्न १७ अत्यावश्यक कार्यालय मात्रै खुल्ने छन। 

डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा बन्द हुने छैनन् भने सबै अन्तर्राष्ट्रिय हवाई उडान ९ चैत्रदेखि १८ गतेसम्मका लागि स्थगित हुने छन्। 

बन्द नहुने अत्यावश्यक सेवाहरु

१. डाँक, तार वा टेलिफोन सेवा
२. जल स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा
३. हवाईअड्डा वा हवाईजहाजको देखभाल र सञ्चालनसम्बन्धी कार्य
४. हवाई ग्राउन्ड, रेल्वे स्टेसन तथा सरकारी गोदामका मालसामानसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापखानासम्बन्धी सेवा
६. हातहतियार तथा सैनिक सामान वा रक्षा व्यवस्थापनसम्बन्धी सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षासँग सम्बन्धित सेवा
९. खानेपानी सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन, आवास, मोटेल, होटेल, रेस्टरेन्ट र रिसोर्टसम्बन्धी सेवा
११. पेट्रोलिय पदार्थ, एलपी ग्याँससमेतको भण्डारण तथा वितरणसम्बन्धी व्यवस्था
१२. अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१३. फोहोरमैलाको संकलन, ढुवानी प्रशोधनलगायतका सेवा
१४. बैंकिङ सेवा
१५. बिमा सेवा
१६. विद्युत् सेवा
१७. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा)

सेवा बन्द हुने
१. सबै अन्तर्राष्ट्रिय हवाई उडान ९ चैत्रदेखि १८ गतेसम्मका लागि स्थगित
२. सबै सीमा नाकामा अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था
३. ९ चैत्रदेखि २१ सम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द
४. १० चैत्रदेखि केही अवधिका लागि नेपालभर लामो दूरीका सवारी सञ्चालनमा रोक
५. खाद्यन्न तथा उपभोग्य वस्तुको नियमित आपूर्तिको व्यवस्था
६. कालोबजारी गर्नेलाई कठोर कारबाही गरिने
७. अर्थतन्त्रमा संकुचन आउन नदिने प्रतिबद्धता
८. सरकारी कार्यालय भने बन्द नहुने
९. सम्भावित जोखिमलाई परास्त गर्न कुनै कसर बाँकी नराखिने उद्घोष
१०. असहज परिस्थितिको डटेर सामना गरिने
११. असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरिने
१२. राष्ट्रिय विपद्मा राष्ट्रिय भावना प्रकट गर्न आग्रह
१३. सार्क संयुक्त कोषमा १० करोड


प्रतिक्रिया दिनुहोस्