मुम्बई । विश्वका १८५ देशमा फैलिएको कोरोना भाइरसको महामारीबाट भारत पनि अछुतो रहन सकेको छैन्। भारत सरकारले कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि केही ठाउँमा सबै कार्यालय र अत्यावश्यक बाहेकका पसलहरु तत्काल बन्द गर्न निर्देशन दिइएको छ।
महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले अत्यावश्यक बाहेकका पसलहरु र कार्यालयहरु बन्द गर्ने घोषणा गर्नुभएको हो । उहाँले महाराष्ट्र अन्तर्गत पर्ने मुख्य सहरहरु मुम्बई, पुने र नागपुरका पसल तथा कार्यालयहरु यही मार्च ३१ सम्म बन्द गराइने जानकारी दिनुभयो ।
राज्यका नाममा गरेको सम्बोधनका क्रममा मुख्यमन्त्री ठाकरेले सार्जजनिक यातायात र अत्यावश्यक सेवा अन्तर्गत पर्ने पसलहरु भने सञ्चालन हुन दिइने निर्णय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो सार्वजनिक बिदा होइन तर भीडभाड पनि नगरिदिनु होला ।”