एजेन्सी । हङकङमा फेरी अर्को कुकुरमा कोरोना भाइरस भेटिएको छ।
बिहिबार गरिएको परीक्षणमा कुकुरका मालिक र कुकुरमा कोरोना पोजेटिभ भेटिएको हो।
कोरोना भेटिएका कुकुर र मालिक दुवैलाई क्वारेन्टाइनमा रखिएको छ।
उक्त कुकुरबाटै मालिकमा कोरोना सरेको आशंका गरिएको डेलीमेलले जनाएको छ।।
जनावरबाट कोरोना फैलन सक्ने डरले अधिकारीहरुले मानिसहरूलाई घर घरपालुवा जनावरहरू परित्याग गर्न र उनीहरुलाई चुम्बन नगर्न आग्रह गर्दै आएका छन्।
हालसम्म जनावरबाट कोरोना सर्छ भन्ने कुनै प्रमाण छैन तर जनावरबाट टाढा बस्नुपर्ने अधिकारीहरुले सुझाव दिँदै आएका छन्।
केहि दिन अघि मात्रै त्यहाँ मालिकबाट कोरोना सरेर पहिलोपटक एक कुकुर मरेको थियो।
उक्त कुकुरलाई कोरोना भएपछि उपचारपछि अस्पतालबाट फर्काइएको थियो।
१७ वर्षीया पोमिरानियन नामक कुकुरको घर फकाईएको केहि समयमा नै मृत्यु भएको हो।
कुकुरकी मालिकलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको थियो।