रोम । घातक कोरोना भाइरसबाट इटलीमा १८ क्रिश्चीयन पादरीको मृत्यु भएको छ।
कोरोना भाइरसका बिरामीलाई सान्तन्वा दिने क्रममा पादरीहरुनै संक्रमित भएका हुन।
बिरामीहरूसँग सम्पर्कमा गएका क्याथोलिक पादरीहरुमा संक्रमण भेटिएको डेलीमेलले जनाएको छ।
मिलान सहर नजिकैको बर्गामो क्षेत्रमा कोरोनाबाट कम्तिमा १० पुजारीको मृत्यु भएको छ।
अन्य संक्रमित भएकाहरु अस्पताल भर्ना भएका छन्।