कोरोनाले विश्वमा साढे २ करोड मानिसकाे जागिर जान सक्ने

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ३८


काठमाडाैं । कोरोना भाइरसको प्रकोप विश्वमा बरिहेको छ । यसैलाई आधार मान्दै अन्तर्रा्ष्ट्रिय श्रम संगठन(आईएलओ) ले विश्वयभरीमा आर्थिक संकट आउन सक्ने चेतावनी दिएको छ । विश्वका सरकारहरुले तीव्र रुपमा कुनै राम्रो कदम नउठाएमा करीब साढे २ करोड मानिसले जागिर गुमाउन सक्ने आइएलओले जनाएको छ ।

संगठनले बुधबार भनेको छ, ‘कोरोनाभाइरस (कोभिड–१९) को महामारीबाट एक विश्वव्यापी अािर्थक संकट सुरु हुन सक्छ र यदि यसको असरबाट बच्न सरकारले कदम नउठाएमा विश्वभरीमा २.५ करोडको जागिर जान सक्छ ।’ संगठनले भनेको छ,‘यदि २००८–०९ को मन्दीको समयम जस्तो समन्वित रुपमा अन्तर्रा्ष्ट्रिय नीतिगत कदम उठाउने हो भने बेरोजगारीलाई कम गर्न सकिन्छ ।’ संगठनले तत्काल ठूलो रुपमा समन्वित उपाय गर्नका लागि भनेको छ ।

यसले कार्यस्थलमा काम गर्नेको सुरक्षा, अर्थव्यवस्थालाई तीव्र तथा नोकरी एवं आयको प्रोत्साहन गर्र्न सकिने ठहर संगठनको छ । कोरोनाको असरबाट पुरै विश्वमा हाहाकार मच्चिएको छ । विश्वभरी गरेर २ लाख भन्दा बढी मानिस कोरोनाको चपेटामा आएका छन् । मृतकको संख्या ९ हजारको हाराहारीमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्