स्वयम्भूबाट ५ जना जुवाडे पक्राउ

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ३१


काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बिजेश्‍वरीस्थित सरोज लामाको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ४३ वर्षीय सम्पुर्ण बुद्धाचार्य समेत ५ जनालाई नगद १ लाख ५३ हजार ४ सय रुपैयाँ र ३ बुक तास सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को जुवा सम्बन्धी कसुर बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्