काठमाडौं । आज सुन तोलामा ५ सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ५०० ले बढेर प्रतितोला रु ७५ हजार ५ सयमा कारोबार भइरहेको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७५ हजार २०० कायम गरिएको छ । आज, चाँदी तोलामा रु २० ले बढेर प्रतितोला ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिंजाे विहिबार सुनको मूल्य तोलामा रु ७५ हजारमा कारोबार भएकाे थियाे । महासंघका अनुसार तेजावी सुनको मूल्य हिंजाे रु ७४ हजार ७०० कायम गरिएको थियाे । यस्तै हिंजाे चाँदी प्रतितोला ६८० रुपैयाँमा कारोबार भएकाे थियाे ।