पत्‍नीलाई ढाँटेर प्रेमिका भेट्न जाँदा कोरोना संक्रमित

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  २ : ५५


काठमाडाैं । बेलायतमा एक व्यक्तिलाई अनौठो तरिकाले कोरोना भाइरसको संक्रमण लागेको छ । आफ्नै पत्नीलाई झुक्याएर प्रेमिकालाई भेट्न गएका एक वयस्कलाई कोरोना भाइरस संक्रमण तिनै प्रेमिकाबाट सरेको छ ।

पछिल्लो साता पत्नीलाई बिजनेस मिटिङका लागि भन्दै ती व्यक्ति ब्रिटेन पुगेका थिए । तर उतैबाट उनी बिजनेस मिटिङ छलेर प्रेमिकालाई भेट्न इटाली पुगे । प्रेमिकासँग केही दिन बिताएका ती व्यक्ति संक्रमित प्रेमिकाबाटै संक्रमित बनेका हुन् ।

संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरे पनि उनको नाम भने खुलाउन चाहेका छैनन् । ३० वर्षीया ती युवती आइसोलेसनमै राखिएकी छन् । ती व्यक्तिकी पत्नीलाई पनि अहिले आइसोलेसनमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्