तीन दिनको मौसम पूर्वानुमान: आज बदलीसहित चट्याङ र वर्षाको सम्भावना

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  २ : १७


काठमाडौँ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अपरान्हपछि पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

शुक्रबार राति देशको पूर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

तीन दिनको मौसम पूर्वानुमान
शुक्रबार

दिउँसोः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। अपरान्ह पछि पहाडी भू–भागका १(२ स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पुर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहनेछ।बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

शनिबार

दिउँसोः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भू–भागका थोेरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आइतबार

दिउँसोः देशको पूर्वी र मध्य भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा र पश्चिमी पहाडी भू–भागका थोेरै स्थानमा मेघ गर्जन÷चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी पहाडी भू–भागका १(२ स्थानमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्