काठमाडौं । काठमाडौंमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको बिस्तृत बिबरण भने आइसकेको छैन । भूकम्पको केन्द्र र कति स्केलको हो भन्ने बारेमा थप विवरण आउन बाँकी छ ।