बाहिरबाट नेपाल आउन आज रातीबाट प्रतिबन्ध

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : ३२


काठमाडौं । सरकारले प्रतिबन्ध लगाएका देशबाट जो कोही नागरीक नेपाल आउन नपाउने बताएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले विदेशमा रहेका नेपालीको सरकारले तोकेसमय सम्म आउन बन्द गरेको बताउनुभएको हो ।

कोरोना भाइरस नियन्त्रणको प्रयासमा सरकारले बुधबार मात्र युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । यो प्रतिबन्ध आज मध्यरातबाट लागू हुनेछ । विश्व स्वास्थ्य संगठनका अनुसार यतिबेला संक्रमित जुन देशमा भए पनि त्यहाँबाट बाहीर निस्कन मिल्दैन बिडारीले भने, ‘जहाँ भए पनि त्यहिँ सुरक्षित साथ बस्नुहोस् ।’


प्रतिक्रिया दिनुहोस्