फाँसी निश्चित भएपछि बेहोस भइन् दोषी अक्षयकी पत्नी

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ५ : १५


नयाँ दिल्ली । भारतको एउटा बहुचर्चित बलात्कार पछिको हत्याकाण्डमा ४ दोषीहरुलाई शुक्रबार फाँसीको सजाय हुँदै छ।

उनीहरुलाई फाँसीमा झुण्ड्याउनु अघि सबै प्रकिया पुरा गरिएको छ।

दिल्लीको पटियाला हाउस अदालतले सबै निवेदनमाथि सुनुवाई पुरा गरेको भारतीय मिडियाले जनाएका छन्।

निर्भया हत्याकाण्डका ४ दोषीमा ३२ वर्षीय मुकेशकुमार सिंह, २५ वर्षीय पवन गुप्ता, २६ वर्षीय विनयकुमार शर्मा र ३१ वर्षीय अक्षयकुमार छन्।

तिहाड जेलमा फाँसीको सजाय हुन अघि दोषीहरुलाई परिवारसँग मिल्न दिइएको थियो।

दोषी मध्येका एक अक्षयकुमारकी पत्नी भने उनलाई भेट्न गइनन्।

उनले बिहारमै एक अदालतमा पारपाचुकेको रिट दायर गरेकी थिइन्। शुक्रबारको फाँसीको सजाय टार्न उनले रिट दायर गरेकी थिइन।

अदालतको पारिवारिक न्यायालयले उक्त निवेदनमाथि बिहिबारनै सुनुवाई गर्ने तयारी थियो। तर, अक्षयपत्नी समयमा पुग्न अदालत नसकेपछि २४ मार्चसम्मका लागि सुनुवाई स्थगित भएको हो।

त्यसपछि पटियाला हाउस अदालत पुगेकी अक्षय पत्नी अन्तिम सुनुवाई रोक्न भन्दै न्यायाधीसकै अगाडी रुन थालीन।

त्यहाँ निर्भयाकी आमा समेत उपस्थित थिइन्। उनले निर्भयाकी आमालाई समेत अपील गरिन तर, केही उपाय चलेन। 

पटियाला हाउस अदालतले अन्ततः भोलीको मृत्युदण्ड नरोक्ने फैसला गरेपछि उनी अदालत अगाडिनै बेहोस बनिन्।

यो पनि पढ्नुहोस

निर्भयाका बलात्कारीलाई भोलि बिहान फाँसीमा झुण्ड्याइने
 


प्रतिक्रिया दिनुहोस्