निर्भयाका बलात्कारीलाई भोलि बिहान फाँसीमा झुण्ड्याइने

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ३ : ५१


नयाँ दिल्ली । भारतको एउटा चर्चित बलात्कार पछिको हत्याकाण्डका ४ जना दोषीलाई भोलि बिहान फाँसी हुने निश्चीत भएको छ।

पटकपटक याचिकाका कारण सर्दै आएको फाँसीको सजाय अन्ततः भोलि हुन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन। 

उनीहरुलाई भोलि सुर्योदय अगाडि विहान साँढे पाँच बजे नै झुण्डाइने छ। फाँसी दिइनेमा पवन गुप्ता, विनय शर्मा, अक्षर ठाकुर र मुकेश सिंह छन्।

फाँसी दिनुअघि उनीहरुलाई परिवारसँग भेट्न र छुन अनुमति दिइएको थियो। परिवारलाई भेटदा उनीहरु निकै रोएका थिए।

दोषीहरुलाई दिल्लीको तिहाड जेलमा रहेको 'फाँसी घर'मा जल्लादले फाँसी दिने छन्। 

फाँसी घरमा जल्लादले पासो घाँटीमा राखेर झुण्ड्याउदै मृत्युदण्ड दिने गरिन्छ ।

तिहाड जेलमा सबै तयारी पुरा भएको बताइएको छ।

के थियो घटना ? 

सन् २०१२ मा दिल्लीकी एक मेडिकल विद्यार्थी निर्भयामाथि सामूहिक बलात्कार पछि हत्या भएको थियो।

दिल्लीमा निर्भयामाथि राम सिंहले हाँकीरहेको बसमा १६ डिसेम्बर २०१२ राति सामूहिक बलात्कार भएको थियो।

त्यो बसका चालक र अन्य पाँच पुरुषले ती युवतीलाई सामूहिक बलात्कार गरे र उनका केटा साथीलाई नराम्ररी कुटपिट गरेका थिए।

नग्न र रक्ताम्य अवस्थामा उक्त जोडीलाई बाटोको छेउमा फालिएको थियो।

बाटो हिँडिरहेका केही मानिसले उनीहरूलाई देखेपछि अस्पताल पुर्‍याए र प्रहरीलाई खबर गरेका थिए।

महिलाको पन्ध्र दिनपछि मृत्यु भयो र उनका केटा साथी भने जिन्दगीभर डर दिने सम्झनासहित बाँच्न सफल भए।

६ जनाको आक्रमणमा परेकी निर्भयाको उपचारको क्रममा सिंगापुरमा ज्यान गएको थियो। 

मेडिकल साइन्स पढीरहेकी निर्भयामाथिको अमानवीय घट्नापछि भारतमा यसको चर्को विरोध भयो।

६ जना अभियोगीमध्ये एकजना किशोर रहेकाले उनी मृत्युदण्डको सजायबाट बचेका छन्। त्यस्तै, अर्का मुख्य अभियोगी राम सिंह ६ वर्षअघि नै तिहाड जेलमा आत्महत्या गरेको अवस्थामा भेटिएका थिए। 

बाँकी रहेका ४ जना ८ बर्ष अघिनै दोषी ठहर भएका थिए । तर, विद्यमान नियम र फाँसीअघि अभियोगीले चाल्न पाउने कानुनी प्रक्रियाले उनीहरूलाई सुनाइएको सजाय कार्यान्वयनमा ढिलाइ भएको हो।

मृत्युदण्डको सजाय सुनाइएका व्यक्तिले कानुनी विकल्प प्रयोग गरेर सजाय  धकेल्न सक्ने कानुनी व्यवस्था छ। अन्ततः सबै व्यवस्था सकिएपछि फाँसीको सजाय हुन लागेको हो।


प्रतिक्रिया दिनुहोस्