कोरोना भाइरसको आशंकामा बुटवलस्थित आइसोलेसनमा भर्ना भएका व्यक्तिको रिर्पोट आयो

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  २ : ४८


प्यूठान । कोरोना भाइरसको आशंकामा बुटवलस्थित आइसोलेसनमा राखिएका प्यूठानका एक व्यक्तिको रिर्पोट सार्वजनिक भएको छ। 

ती व्यक्तिको परिक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल प्यूठानका प्रमुख बिसाल सुवेदीले जानकारी दिनुभयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजोरातिदेखि सुरु गरिएको परीक्षण रिपोर्ट केही बेर अघि मात्रै सार्वजनिक गरिएको हो। 

प्यूठानको ऐरावति गाउँपालिका २ का उक्त बिरामीलाई गत मंगलबार भाइरसको आशंकामा जिल्ला अस्पताल प्यूठानद्वारा बुटवल अस्पताल लगिएको थियो।


प्रतिक्रिया दिनुहोस्