अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक एस्टेरोयड (सानो तारा) तिब्र रुपमा पृथ्वी तर्फ आइरहेको बताएको छ। उक्त तारा विश्वकै अग्लो चुचुरो सगरमाथाभन्दा कयौँ गुणा ठूलो रहेको बताइएको छ।
यस ताराको तिब्रता ३१ हजार ३ सय १९ किलोमिटर प्रतिघण्टा रहेको छ अर्थात करिब ८.८२ किलोमिटर प्रति सेकेण्ड रहेको छ। यस तिब्र गतिबाट यो पृथ्वीमा आउन लागेको नासाको वैज्ञानिकले बताएका छन्। यो पृथ्वीमा खसेर कुनै बस्तुसँग ठोक्किए ठूलो सुनामी जान सक्ने वा कयौँ देश बवार्द हुन सक्ने बताइएको छ।
Large asteroid will fly by the Earth next month, but won’t hit us, reassures NASA https://t.co/QWNZl5rgQw pic.twitter.com/TMWVbh9Zxg
— AlphaTime News (@AlphaTimeNews) March 14, 2020
यद्यपी नासाका वैज्ञानिकले यस ताराबाट डराउनु पर्ने आवश्यक भने नआइसकेको बताएका छन्। किनकी यो पृथ्वीबाट करिब ६४ लाख किलोमिटर टाढा खस्नेछ। अन्तरीक्ष विज्ञानमा यो दूरी धेरै मानिदैन्। तर यो कम पनि हैन्। केही वैज्ञानिकले भने यो पृथ्वीमा ठोकिन सक्ने आशंका व्यक्त गरेका छन्।
यो उल्का पिण्डलाई नासाले सबैभन्दा पहिले सन् १९९८ मा देखेका थिए। यसको ब्यास करिब ४ किलोमिटरको छ।
यो तारा अप्रिल २९ मा पृथ्वी नजिक खस्ने अनुमान गरिएको छ। खगोदविद्का अनुसार यस्ता तारा हरेक एक सय वर्षमा ५० हजार पटक पृथ्वीमा ठोक्किने सम्भावना हुने गर्दछन्। यी तारा प्राय: वायु मण्डलमा आउनासाथ जल्ने गर्दछन्। यसबाट ठूलो नोक्सान नहुने पनि बताइएको समाचारमा उल्लेख छ।