कोरोना संक्रमण : सांसदहरुको ज्वरो परीक्षण

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  १० : २४


काठमाडौं । विश्वव्यापी बनेको कोरोना संक्रमणको सन्दर्भमा राष्ट्रियसभाका सदस्यहरुको ज्वरु परीक्षण गरिएको छ।

बिहीबार राष्ट्रियसभाको बैठक बस्नुअघि संसद भवन बाहिर राष्ट्रियसभा सदस्यहरुको ज्वरु परीक्षण गरिएको हो।

सांसदहरुलाई स्यानिटाइजरले हात धोएर मात्रै संसदभवन भित्र प्रवेश दिइएको थियो। राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सरकारले आफै गरेको निर्णय कार्यान्वयन नहुदा चेकजाँच गरेर मात्रै संसदभित्र छिर्नुपर्ने अवस्था आएको बताउनुभयो।

सरकारले जनतालाई आतंक बनाउन मात्र निर्णयहरु गर्ने तर कार्यान्वयन नगर्ने उहाँले बताउनुभयो। सरकारी निर्णयले कालोबजारी व्यापक बनेको आरोप उहाँको छ।

सांसद महेश कुमार महराले भने देशकै सर्वोच्च निकायबाट केही महत्वपूर्ण कानून बनाउनुपर्ने बाध्यताले बैठक सञ्चालन भएको बताउनुभयो।

केही विधेयकहरुलाई बिहीबार र शुक्रबार टुंगो लगाएर संसद बन्द गरी सरकारी निर्णय कार्यान्वयन हुने उहाँले बताउनुभयो।

सरकारले एकै ठाउँमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएपनि राष्ट्रियसभा बैठक भने सञ्चालन भएको छ।

सरकारी निर्णय सरकारी तहबाटै कार्यान्वयन भएको भन्दै आलोचना भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस्