काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि भाेलिदेखि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानासमेत बन्द हुने भएकाे छ । चिडियाखाना प्रशासनले भाेलिदेखि बन्द गर्ने निर्णय गरेको जनाएकाे छ ।
कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमण नफैलियोस् भनेर शुक्रबारदेखि चिडियाखाना अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको चिडियाखानाले जनाएकाे छ । चिडियाखाना भिडभाड हुने ठाउँ भएको र सरकारको सूचना पालना गरेर बन्द गर्ने निर्णय भएको चिडियाखानाले जनाएकाे छ ।