बिजुलीको बिल ढिला तिर्दा सरकारले जरिवाना नलिने

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ९ : १२


काठमाडौं । सरकारले मालपोल, विद्युत र यातायात कार्यालयमा तिर्नुपर्ने शुल्क ढिला तिरेपनि जरिवाना नलिने भएको छ।

बिहिबार गृहमन्त्रालयमा बसेको बैठकमा सरकारी कार्यालयमा भिडभाड कम गर्न मालपोत, विद्युत, र यातायातमा बिल ढिलो तिर्दा लाग्ने जरीवाना वापतको शुल्क मिनाहा गर्ने प्रस्ताव आएको हो।

कोरोना भाइरसको जोखिमलाई लिएर उच्च सतर्कता अपनाएको सरकारले यस्तो निर्णय लिएको बताइएको छ। सरकारले भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

यसअघि बुधबार मात्रै सरकारले २५ जना भन्दा बढी एक ठाँउमा भेला नहुन निर्देशन दिएको थियो।

 


प्रतिक्रिया दिनुहोस्