लोकसेवाका सबै परीक्षा स्थगित

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ८ : ३०


काठमाडौं । लोकसेवा आयोगले तत्कालका लागि सबै परीक्षाका कार्यक्रमहरु स्थगित गरेको छ । बिहीबार आयोगले एक सूचना जारी गरी चैत ८ गतेदेखि चैत मसान्तसम्म तय भएका सबै लिखित परीक्षाका कार्यक्रमहरु स्थगित गरेको हो ।

आयोगले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो । सरकारले बुधबार एसईई र सबै विश्वविद्यालयले लिने परीक्षा स्थगित गरेको थियो । सरकारले बुधबार २५ जनाभन्दा बढी भेला हुने नहुन निर्देशन दिएकोे थियो ।


प्रतिक्रिया दिनुहोस्