पठन पाठन र परीक्षा स्थगित गर्ने विश्वविद्यालयको निर्णय

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ७ : ५३


काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सबै संकायका पठन पाठन र परीक्षा स्थगित भएका छन्।

त्रिवि कार्यकारी परिषद् बैठकले अर्को मिति जारी नभएसम्मका लागि स्थगित भएको औपचारिक जानकारी दिएको छ।

सबै परीक्षाालगायत पठनपाठन बन्द गर्ने,  विश्वविद्यालयलाई कुनै पनि क्रियाकलाप चैत मसान्तसम्म नगर्ने र नगराउने निर्णय भएको त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले जानकारी दिए।

सरकारले विश्वविद्यालयका परीक्षासमेत बन्द गर्ने निर्णय गरे पनि विश्वविद्यालय स्वायत्त संस्था भएकाले आफ्नो निर्णय आफैँ गर्न पाउने अधिकार छ । 

त्रिविमा अहिले विभिन्न तह र संकायका परीक्षा सञ्चालन भइरहेको थियो 

यस अघि शिक्षा मन्त्रालयले बुधबार पठनपाठन र परीक्षा स्थगित गर्न त्रिवि र राष्ट्रिय परीक्षा बोर्डलाई सुझाव दिएको थियो।


प्रतिक्रिया दिनुहोस्