काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आज (बिहीबार) का लागि तय भएका सबै परीक्षा यथावत् सञ्चालन हुने भएका छन् ।
त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशन गरेर सरकारले सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरे पनि बिहीबारका लागि तय भएका त्रिवि अन्तर्गतका सबै परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।
त्यस्तै विश्वविद्यालयले शुक्रबारदेखिका परीक्षा के गर्ने भन्ने विषयमा भने आज अर्को सूचना निकालेर जानकारी गराउने बताएको छ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई ध्यानमा राख्दै सरकारले बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गरेको छ।
सरकारले त्रिभुवन विश्वविद्यालय र प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् सीटीईभीटीका परीक्षासमेत स्थगित गरेको छ।