इटलीमा कोरोनाबाट आज एकै दिन ४ सय ७५ जनाको मृत्यु

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : ५९


रोम । इटलीमा घातक कोरोना भाइरसबाट आज एकै दिनमा ४ सय ७५ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा अहिलेसम्मकै बढि ४ सय ७५ जनाको मृत्यु भएको हो।

यो सँगै ईटलीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ सय ७८ पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

३५ हजार मानिस संक्रमित बनेका छन्। कोरोनाको इपिसेन्टर बनेको युरोपमा अहिले सबै भन्दा धेरै इटली प्रभावित भएको छ।

यसैबीच, पाकिस्तानमा पनि पहिलो पटक कोरोना भाइरसबाट एक व्यक्तिको मृत्यु भएको छ। भारतीय मिडियाका अनुसार ५० बर्षीय व्यक्तिको त्यहाँ कोरोनाबाट मृत्यु भएकोछ।


प्रतिक्रिया दिनुहोस्