दिल्लीमा कोरोना संक्रमित युवकले गरे आत्महत्या

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : ३३


नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसका एक संक्रमितले आत्महत्या गरेका छन्।

कोरोनाका संदिग्ध ती व्यक्तीले अस्पतालको भवनबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

राजधानी दिल्लीको सफदरजंग अस्पतालको ७ औं तलाबाट हाम फालेर उनले आत्महत्या गरेका हुन्।

३५ बर्षीय ती व्यक्ति हालै अष्ट्रेलियाको सिड्नीबाट स्वदेश फर्केका थिए।

कोरोना भाइरस संक्रमित भएपछि अस्पताल भर्ना भएका उनले किन आत्महत्या गरे भन्नेबारे अधिकारीहरुले अनुसन्धान गरिरहेका छन्।

घातक कोरोना भाइरसका कारण भारतमा ३ जनाको मृत्यु भएको छ भने १ सय ५९ जना संक्रमित भएका छन्।


प्रतिक्रिया दिनुहोस्