काठमाडौं । सरकारले अचानक एसईई परीक्षा स्थगित गरेपछि विद्यार्थीहरु मारमा परेका छन्।
खासगरि टाढा-टाढाबाट सदरमुकाम तथा केन्द्र नजिकै डेरा गरि बसेका विद्यार्थीहरु सरकारको पछिल्लो निर्णयबाट दुःखी बनेका हुन्।
सरकारले एसईई परीक्षा तोकिएको अघिल्लो राति अर्थात बुधबार साँझ परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। यसअघि सरकारले परीक्षा भएरै छाड्ने बताउँदै आएको थियो
चैत ६ गते (भोलि)देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईइ) मा सहभागी हुनका लागि हिउँको बाटो छिचोलेर परीक्षा केन्द्रतर्फ जाँदै गरेका विद्यार्थी।
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माविका परीक्षार्थीले आफ्नो परीक्षा केन्द्रमा पुग्न हिउँको यात्रा छिचोलेका थिए। परीक्षामा सहभागी हुन म्याग्दीको हेम मावि सिवाङमा रहेको परीक्षा केन्द्रमा जानका लागि उनीहरुले करिब ८ घण्टाको हिउँको यात्रा पार गरेका हुन्।
हेम मावि सिवाङको परीक्षा केन्द्रमा सहभागी हुनका लागि विद्यालयका २३ विद्यार्थी र शिक्षकसहितको टोली हिउँले ढाकिएको बाटो छिचोलेर आएका थिए । तीन दिनअघि परेको बेमौसमी हिमपातले गुर्जादेखि लुलाङमाथिको जङ्गलसम्म अझै बाक्लो हिउँ रहेको छ।
बाक्लो हिउँले बाटो पुरिएको र हिमपातसँगै जङ्गलमा गएको पहिरोका कारण कष्टकर तवरले यात्रा गरी उनीहरु परीक्षा केन्द्रमा आइपुगेका थिए। परीक्षा केन्द्र रहेको सिवाङ आइपुग्न गुर्जाबाट करीब १० घण्टा बढीको पैदल यात्रा गर्नुपर्छ। गुर्जा जिल्लाको सबैभन्दा विकट गाउँका रूपमा चिनिन्छ।
तस्विर : कमल खत्री
धादिङको पन्चकन्या माबी खाल्टेका विद्यार्थी, सदरमुकाममा परीक्षा सेन्टर परेपछि हिजोनै यसरी ताम्लोकुम्लो बोकेर सदरमुकामका होटलहरुमा आइपुगेका थिए।
तस्विर : नारायण सिलवाल