बलिउड अभिनेत्री सोनम कपुर आइसोलेशनमा

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ३ : ३८


एजेन्सी । कोरोना भाइरसको त्रासका बीच लण्डनबाट भारत फिर्ता भएकी बलिउड अभिनेत्री सोनम कपुर आइसोलेशनमा बसेकी छिन्। 

सोनमले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै आफू श्रीमान् सहित भारत फिर्ता भएको बताएकी थिइन्। उनले भिडियोमा भनेकी छिन्, ‘म आफ्ना श्रीमान्सहित भारत जाँदै छु । घर जान म निकै आतुर छु । लभ यू अल ।’

भारतको एयरपोर्टमा ल्याण्ड गरेपछि उनले भारतीय सरकार र कोरोनाविरुद्ध लड्नका लागि अपनाइएको तयारीको तारिफ पनि गरेकी छिन्।

एयरपोर्टबाट घर पुगेपछि सोनम परिवारसँगै बसेपनि आफैंलाई आइसोलेशनमा राख्ने निर्णय लिएकी छिन्। उनले एयरपोर्टमा विभिन्न स्थानमा परीक्षण भएको जानकारी दिदै सर्तकता स्वरुप आइसोलेशनमा बस्ने निर्णय लिएको उनले बताएकी छिन्। 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Love you too Queen !❤️ @sonamkapoor via her insta stories ✨ // #sonamkapoor

A post shared by Sonam K Ahuja (@sonamkapoorpedia) on


प्रतिक्रिया दिनुहोस्