वीरगञ्ज । स्थानीय सरकारले बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ मा अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ।
बुधबार बसेको वडास्तरको बैठकले अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो। भागेर बाल विवाह गर्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्नका लागि अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णयगरेको वडा अध्यक्ष रामबहादुर कुर्मी पटेलले बताउनुभयो।
विवाह गर्ने उमेर नपुगेका छोराछारी भागेको भन्दै अभिभावक जनप्रतिनिधिकोमा गुनासो लिएर आउन थालेपछि त्यसको नियन्त्रणका लागि यो उपाय अप्नाएको उहाँले बताउनुभयो।