काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता हान्न खोज्ने रतन तिरुवा छुटेका छन् ।
उनलाई आजमात्रै काठमाडौं जिल्ला प्रशासन कार्यालयले पाँच सय धरौटीमा रिहाई गरेको हो ।
गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको थियो।
भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृह पुगेका थिए ।