काठमाडौं । भोलिदेखि सूरु हुने एसईई परिक्षा स्थगित गरिएको छ। कोरोना भाइरसको जोखिम उच्च अवस्थामा रहेका बेला सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
कोरोनाको सम्भावित खतराबाट बच्न भोलिदेखि हुने एसईई परीक्षा अर्को निर्णय नहुन्जेलसम्मका लागि स्थगन गर्ने निर्णय भएको रक्षामन्त्री इश्वर पोखरेलले जनाकारी दिए।
यसअघि आजै कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री पोखरेल नेतृत्वमा बसेको बैठकले एसईई लगायतका पूर्व निर्धारित परीक्षा यथावत जारी रहने निर्णय गरेको थियो ।