दाँत ठेलेर दन्त शिविर उद्घाटन

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १२ : २३


काठमाडौं । ओखलढुंगामा दन्त शिविर उद्घाटन कार्यक्रममा अतिथीले दाँत ठेलेरै शिविर उद्घाटन गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

उक्त तस्विर ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नः ६ घोराखोरीमा आयोजित कार्यक्रमको रहेको बताइएको छ।

उक्त शिविर उद्घाटन कार्यक्रममा प्रदेश नः १ का सामाजिक विकास राज्यमन्त्री समेत सहभागी छन्।

कार्यक्रममा सहभागी अतिथिले महिलाको दाँतमा ठेलेको तस्विरमा देख्न सकिन्छ।

 


प्रतिक्रिया दिनुहोस्