टेकु अस्पतालमा भर्ना भएका १७ जनाको रिपोर्ट सार्वजनिक

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ११ : ३८


काठमाडौं । केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना संक्रमणको आशंका गरिएका १७ जनाको रिपोर्ट सार्वजनिक भएको छ। 

नमूनामाथि गरिएको परीक्षणमा बुधबार १७ नमूनाको रिपोर्ट आएको टेकु अस्पतालले जनाएको छ। 

ति कुनैमा पनि भाइरस नभेटिएको प्रयोगशालाले जनाएको छ।

थप १९ नमूनाको नतिजा भने आउन बाँकी छ।

नेपालमा हालसम्म करिब पाँच सयजना भन्दा बढिमा कोरोनाभाइरस सङ्क्रमणको परीक्षण गरिएको छ।

कतिपय विज्ञले यसलाई अत्यन्त न्यून सङ्ख्या भन्दै त्यसैले गर्दा सङ्क्रमण भएको नदेखिएको हुनसक्ने बताउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्