अत्यावश्यक कामबोहक घरबाट बाहिर ननिस्कन सरकारको आग्रह

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ११ : ००


काठमाडौं । कोरोनाको उच्च जोखिममा रहेका बेला सरकारले विभिन्न निर्णय गरेको छ । 

सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन समेत आह्वान गरेको छ।

बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको हो। 

त्यस्तै धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ। सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ।

यस्ता छन सरकारका निर्णय


प्रतिक्रिया दिनुहोस्