एसईईका परीक्षार्थीसँग घुस लिने प्रधानाध्यापक पक्राउ

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : २५


जनकपुरधाम । एसईईका परीक्षार्थीसँग दुई हजार रुपैयाँ घूस लिने प्रधानाध्यापक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा जनता मावि धनुषाका महेन्द्र महतो रहेका छन्। 

धनुषाको मिथिला नगरपालिका वडा नम्बर–२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई बुधबार दिउँसो अख्तियारको टोलीले २ हजार रघुसहित पक्राउ गरेको हो।

महतोले ती विद्यार्थीलाई परीक्षा फारम वापत घुस मागेको बुझिएको छ । 
 


प्रतिक्रिया दिनुहोस्