१० लाख थान मास्कसहित सानोभर्‍याङबाट १ जना पक्राउ

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ८ : ४३


काठमाडौं । प्रहरीले १० लाख थान मास्कसहित काठमाडौंको सानोभर्‍याङबाट १ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा गोरखाका विनोद न्यौपाने रहेका छन्। 

मास्क लुकाएर बजारमा महंगो मूल्यमा बेच्ने तयारी गर्दै गरेका उनलाई प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ परेको हो।

न्यौपानेले सानो भर्‍याङमा दिप ओभरसिज सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।

कोरोना भाइरसको त्राससँगै बजारमा मास्क र स्यानिटाइजरको कालोबजारी बढेपछि वाणिज्य विभागसँगको सहकार्यमा प्रहरीले बजार अनुगमन तीव्र पारेको छ। 

 


प्रतिक्रिया दिनुहोस्