कोरोना त्रास : पेट्रोल लुकाउने मैतीदेवी पम्पलाई २ लाख जरिवाना

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ८ : १८


काठमाडौं । पम्पमा ‘पेट्रोल छैन’ भनेर पेट्रोल लुकाएको आरोपमा मैती देवी पेट्रोल पम्पलाई कारवाही गरिएको छ।

निरीक्षण गर्दा ४ हजार लिटर पेट्रोल मौज्दात रहेको पाइएपछि मैतीदेबि पम्पलाई २ लाख जरिवाना गरिएको हो।

आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागको टोलीको संयुक्त रुपमा सबै पेट्रोल पम्पको अनुगमन थालेको जनाएको छ।

इन्धन लुकाउने पम्पहरुलाई कडा कारवाही गर्न उद्योगमन्त्री लेखराज भट्टले कडा कारवाही गर्न निर्देशन दिएका छन्।

निगमले पर्याप्त इन्धन पठाएको दाबी गरे पनि बजारमा उपभोत्ताको लाइन छ । केही पम्पहरु बन्द नै छन् । 


प्रतिक्रिया दिनुहोस्