रघुपति जुट मिलको लाइन काटियो

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ८ : ०६


काठमाडाैं । पन्ध्र करोड ५५ लाख ६८ हजार रुपैंयामा वक्यौता नर्तिदा रघुपति जुट मिलको लाइन नेपाल विद्युत प्राधिकरणले काटिदिएको छ । गोल्छा अग्रनाइजेशन अन्तरर्गत रहेको उक्त मिलको लाइन बुधबार प्राधिकरणले काटिदिएको हो ।

मिलले गत कात्तिकसम्मको ११ करोड ९१ लाख रुपैयाँ ४४ किस्तामा तिर्ने सहमति गरेको थियो । प्रति किस्ता २७ लाख ६ हजार रुपैयाँ तिर्ने सहमति गरेको उद्योगले पैसा नतिरेपछि लाइन काटिएको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख राजीव सिंहले बताएका छन् । अदालतले मिलको पक्षमा अन्तरिम आदेश नदिएपछि प्राधिकरणले रघुपति जुटमिलको लाइन काटेको हो ।


प्रतिक्रिया दिनुहोस्