लखनउ । भारतमा कोरोनाको त्रासदी दिन प्रतिदिन बढ्दै गएको छ।
बुधवार त्यहाँ एक चिकित्सक लाइनै संक्रमण भएको छ।
उत्तर प्रदेशको राजधानी लखनऊमा बिरामीको उपचार गरिरहेका डाक्टरमा कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
उत्तर प्रदेशमा कोरोना देखिएका बिरामीहरूको संख्या १६ पुगेको छ। तीमध्ये आठ जना आगरा, दुई गाजियाबाद, दुई लखनऊ र तीन नोएडाका हुन्।
Incharge of the KGMU isolation ward Dr Sudhir Singh: A junior doctor has tested positive for #Coronavirus. The doctor was treating coronavirus patients. The doctor is stable and there is nothing to worry about. #Lucknow
— ANI UP (@ANINewsUP) March 18, 2020
भारत भर अहिलेसम्म १४७ जनामा यो भाइरसको संक्रमण देखिएको छ। यसमध्ये तीनजनाको ज्यान गइसकेको छ।