कोरोना भाइरस लागेको कुकुर मर्यो

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : ०९


एजेन्सी । हङकङमा कोरोना संक्रमित भएको कुकुर मरेको छ। 

कोरोना भाइरसका एक रोगीको घरपालुवा कुकुरलाई केहि समय अघि भाइरस लागेको पुष्टि भएको थियो।

पहिलोपटक मानवबाट जनावरमा रोग सरेको अधिकारीहरूले बताएका थिए।

उक्त कुकुरलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो। तर, घर फिर्ता भएपछि मरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

यसरी मानिसबाट कोरोना सरेर जनावरको मृत्यु भएको यो पहिलो घटना हो।

गत फेब्रुअरी २६ मा कोरोना देखिएपछि कुकुरलाई क्वारेन्टाइनमा राखिएको थियो।

शनिबार घर फर्काइएको कुकुर मरेको हो।


प्रतिक्रिया दिनुहोस्