काठमाडौँ । सेक्युरिटी प्रेस खरिदमा कमिसनको बार्गेन गर्दै गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिनुभएका पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सत्यसँग नलड्ने बताउनुभएको छ।
उहाँले सामाजिक सञ्जाल ट्वीटमा स्टाट्स लेख्दै सत्यसँग नलड्ने झुठसँग नझुक्ने आफ्नो जीवनको संकल्प रहेको बताउनुभएको हो। उहाँले स्टाट्समा लेख्नुभएको छ, 'सत्यसँग नलड्ने झुठसँग नझुक्ने बम गोला जे हाने पनि मेरो जीवनको सङकल्प यति हो।'
सत्यसग नलड्ने झुठसग नझुक्ने बम गाेला जे हाने पनि मेरो जिवनकाे सङकल्प यति हाे।
— Gokul Prasad Baskota (@GokulPBaskota) March 17, 2020
स्थानीय एजेन्ट विजयप्रकाश मिश्रसँग कमिसनको मोलतोल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मानहानीको दाबी सहित अदालतमा मुद्दा दायर गर्नुभएको छ।