कोरोनाको त्रासले सुनसान बन्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (फोटोफिचर)

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ३ : ५३


काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रासका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान जस्तै देखिएको छ। 

आन्तरिक तथा वाहृय उडानका लागि सधैं व्यस्त रहने नेपालको एकमात्र विमानस्थल कोरोना भाइरसको विश्व महामारीका कारण सुनसान बनेको हो। कोरोना भाइरसका कारण केही अन्तर्राष्ट्रिय उडानमा रोक लागेपछि विमानस्थलमा यात्रु नदेखिएका हुन्।  

सरकारले अनअराइभल भिसा वैशाख १८ सम्म बन्द गर्नुका साथै कतार लगायत साउदी अरबले नेपालबाट वैदेशिक रोजगारीमा आफ्नो देश आउन रोक लगाएपछि विमानस्थलमा यात्रुको चाप कम देखिएको विमानस्थलका कर्मचारी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस्