नेपालमै बन्यो स्यानिटाइजर

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १ : ०७


काठमाडौँ । नेपाली जडीबुटी रोग प्रतिरोधात्मक क्षमतासहितको स्यानिटाइजर नेपालमै बनेको छ। 

वनस्पति विभागले जडीबुटीयुक्त स्यानिटाइजरको फर्मुलासँगै स्यानिटाइजर बनाएर बनाएर परीक्षण प्रयोग गरेको छ। 

यतिबेला कोरोना भाइरस ९कोभिड–१९० बाट बच्न उपयोग गरिने अत्यावश्यक सामाग्री मास्क र स्यानिटाइजरको अभाव नेपाली बजारमा देखिएको छ।

विदेशबाट आयात हुने पनि आइरहेका छैनन्। भएका सामाग्री पनि कालोबजारी गर्नेले लुकाउने र महंगोमा बिक्री गरिरहेका छन्।

यही बेला अत्यावश्यक सामाग्रीमा आत्मनिर्भर बन्न वनस्पति विभागले स्यानिटाइजरको फर्मुलासहित यसको सफल प्रयोग गरेको हो। आजको गोरखापत्र दैनिकमा खबर छ।


प्रतिक्रिया दिनुहोस्