कोरोना भाइरसका कारण ब्राजिलमा पनि पहिलो व्यक्तिको मृत्यु

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ३ : ५५


कोरोना भाइरसको कारण ब्राजिलको साओ पाउलो सहरमा पहिलो व्यक्तिको मृत्यु भएको यहाँका अधिकारीले मङ्गलबार बताएका छन्।

ब्राजिलमा ६२ वर्षीय एक पुरूषको उपचारका क्रममा सोमबार मृत्यु भएको भएपनि उनमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि मङ्गलबारमात्र गरिएको छ । यससँगै कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुने ब्राजिल दक्षिण अमेरिकी मुलुकमध्ये पहिलो मुलुक बनेको छ । 

साओ पाउलोका नगर प्रमुख ब्रुनो कोभासले स्थानीय डीबीएन रेडियोसँग भन्नुभयो, “दुर्भाग्यवस मृतक ती व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।” उहाँले ब्राजिलले सङ्क्रमण फैलिन नदिन आवश्यक तयारी गरिसकेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्