कोरोना भाइरसका संक्रमित १३९ यात्रु बोकेको रेलमा चढेपछि…

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ३ : ३८


विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारत पनि अछुतो रहन सकेको छैन्। भारतमा पनि एक सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ जनाको यसबाट ज्यान गइसकेको छ। 

कोरोनाको संक्रमण फैलिएपछि भारतमा उच्च सतर्कता अप्नाइएको छ। यसै क्रममा कोरोना संक्रमित एक व्यक्ति रेल चढेर दिल्लीबाट ओडिशा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्ली भुवनेश्वर राजधानी एक्सप्रेसमा एक कोरोना भाइरसका संक्रमित फेला परेपछि हंगामा मच्चिएको बताइएको छ।  कोरोना भाइरसका ती संक्रमित १२९ यात्रुको सम्पर्कमा आएको बताइएको छ। ती संक्रमित व्यक्ति इटलीबाट फर्किएको बताइएको छ। 

ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएपछि खतरालाई मध्यनजर गर्दै रेलका सबै यात्रुलाई क्वारेनटाइनमा पठाइएको समाचारमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस्